Informações:
Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
The overlooked story: Aboriginal and Torres Strait Islander service on ANZAC Day - बेवास्ता गरिएको कथा: एन्ज्याक डेमा आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको सेवाको सम्झना
21/04/2026 Duração: 08minEach year Australians gather on ANZAC Day to remember those who served in wars, conflicts and peacekeeping missions. But whose stories are we remembering? Are there stories we don’t always hear? In this episode we explore an important part of Australia’s history that has often been overlooked—the service of Aboriginal and Torres Strait Islander peoples. - हरेक वर्ष एन्ज्याक डेका दिन मानिसहरू भेला भएर युद्ध, द्वन्द्व र शान्ति स्थापनामा योगदान दिएका मानिसहरू प्रति सम्झना गर्ने गरिन्छ। तर यदि अस्ट्रेलियामा तपाई नयाँ हुनुहुन्छ भने एन्ज्याक डेको महत्वका बारेमा बुझ केही समय लाग्न सक्छ। एन्ज्याक डे युद्ध र विभिन्न सङ्घर्षहरूमा सेवा गरेका व्यक्तिहरूलाई सम्झने समय हो र धेरै अस्ट्रेलियनहरूका लागि यो इतिहासलाई सम्मान गर्दै एकताबद्ध हुने एक क्षण पनि हो। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा हामी आदिवासी र टोरेस आइल्याण्डर मानिसहरूले सेनामा गरेको सेवा र ओझेलमा परेको एक महत्त्वपूर्ण इतिहासका बारेमा चर्चा गर्दै छौ।
-
Free RSV vaccinations for older Australians - वृद्ध अस्ट्रेलियनहरूका लागि निःशुल्क आरएसभी खोप
21/04/2026 Duração: 07minThe Federal Government has announced free R-S-V vaccinations for older Australians, in a push to better protect those most at risk from the potentially deadly respiratory virus. The $445 million dollar investment means Australians aged 75 and over - and Aboriginal and Torres Strait Islander people aged 60 and over - will be able to access the immunisation for free from mid May, saving them as much as $300 dollars per vaccination. - घातक समेत हुन सक्ने 'आरएसभी'को सङ्क्रमणबाट सबैभन्दा धेरै जोखिममा रहेका अस्ट्रेलियनहरूलाई सुरक्षित राख्न सङ्घीय सरकारले निःशुल्क खोप प्रदान गर्दै छ। ४४ करोड ५० लाख डलरको लगानी रहने योजना अन्तर्गतको खोप ७५ वर्ष वा सो भन्दा माथिका गैर आदिवासी तथा ६० वा सोभन्दा बढी उमेरका आदिवासी अस्ट्रेलियनहरूले निःशुल्क लगाउन सक्ने छन्।
-
Australia backs calls for more talks over Strait of Hormuz | Morning News Bulletin 21 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, २१ एप्रिल २०२६
21/04/2026 Duração: 04minAustralia calls for a negotiated settlement to re-open the Strait of Hormuz; Israeli and Lebanese representatives expected to hold talks in Washington DC on Thursday; And in AFL, Port Adelaide's Zak Butters cleared of umpire abuse. - अस्ट्रेलियन क्यापिटल टेरीट्री (एसीटी)मा नयाँ आवास निर्माण गर्न सङ्घीय र प्रदेश सरकारबिच सम्झौता, वुलवर्थस्ले सामानको भाउ बढाएर छुट दिने गरेको भन्ने कथित आरोपको अदालतमा स्पष्टीकरण दिने र इरान-अमेरिका द्वन्द्व वार्ता मार्फत समाधान हुनु पर्नेमा अस्ट्रेलियाको जोड लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
How singing about social issues made folk singer ‘Tiwari Aama’ a social media sensation - सामाजिक कुरीतिबारे गाउने ‘तिवारी आमा’ कसरी बनिन् नेपाल बाहिर पनि लोकप्रिय?
21/04/2026 Duração: 12minLaxmi Tiwari, a folk singer from Rampur in Palpa, is known for her knowledge of traditional songs from Nepal’s Gandaki region. She performs a range of culturally significant genres popular within Brahmin and Chhetri communities, including Magal, Uwali, Ratyauli, Balan and Silok. Recently gaining wider recognition as “Tiwari Aama” after her songs garnered engagement on YouTube, she is also known for spontaneously composing and performing her own lyrics. Her songs reflecting the lives of Nepali migrants have also resonated with audiences beyond Nepal. During a Ratyauli workshop in Pokhara last November, Nepal correspondent Sewa Bhattarai spoke with Tiwari about these fading musical traditions. - नेपालको गण्डकी क्षेत्रमा पाइने लोकगीतकी एकजना जानकार तथा ब्राह्मण क्षेत्री समुदायमा प्रचलित मागल, उवाली, रत्यौली, बालन, सिलोक लगायतका गीतमा गायिका रामपुर, पाल्पाकी लक्ष्मी तिवारी आजकाल व्यस्त छिन्। पछिल्लो समयमा उनले गाएका गीतहरू युट्युबमा आउन थालेपछि उनी “तिवारी आमा”का नामले चर्चित हुन थालेकी हुन्। तिवारीले एकैछिनमा आफ
-
Australian weather update for Tuesday, 21 April 2026 - मङ्गलवार, २१ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
20/04/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
नेपाल डायरी: सार्वजनिक पदमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने र ऐरी टी-२० टोलीको कप्तान
20/04/2026 Duração: 06minगएका सात दिन यता नेपालमा घटेका प्रमुख घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।
-
How to identify poisonous mushrooms in Australia? - अस्ट्रेलियामा उम्रने विषालु च्याउ कसरी चिन्ने?
20/04/2026 Duração: 12minAs wild mushroom season begins, Australians are being warned about the risks of accidental ingestion of death cap mushrooms and other poisonous fungi. we recall our conversation with Yakindra Timilsena, President of the Nepalese Association of Agriculture, Forestry, and Environment in Australia, about identifying toxic mushrooms and important safety precautions. Food research scientist Timilsena is also the current president of the Nepalese Association of Victoria. Note: This conversation was first published on 30 May 2025. - जङ्गली च्याउको मौसम सुरु भएसँगै अस्ट्रेलियनहरूलाई विषालु च्याउको गल्तीले सेवन गर्ने जोखिमबारे चेतावनी दिइएको छ। विश्वसनीय बजार र किराना पसलबाट मात्रै च्याउ किन्न अस्ट्रेलियाको खाद्य सुरक्षा सूचना परिषद (एफएसआइसी)ले आग्रह गरेको हो। यही सन्दर्भमा हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग केही समय अगि गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता
-
Trump issues more threats ahead of talks | Morning News Bulletin 20 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, २० एप्रिल २०२६
20/04/2026 Duração: 04minDonald Trump threatens to resume Iran strikes as ceasefire deadline nears; Victoria extends free public transport, fares to halve after May; And in sport, Zak Butters to challenge AFL ruling over umpire remark. - बढ्दो इन्धन मूल्य र एआइका कारण जागिर गुम्ने खतराले अस्ट्रेलियनहरू निराश बन्दै गएको एक अध्ययनको निष्कर्ष, आगामी मे महिनाको बजेटमा प्रशासनिक झन्झटहरू कम गर्न विभिन्न समूहहरूको सरकारलाई सुझाव र एएफएलमा मेलबर्न डेमन्सको रोमाञ्चक जित लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 20 April 2026 - सोमवार, २० एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
19/04/2026 Duração: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 19 April 2026 - आइतवार, १९ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
18/04/2026 Duração: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Deepak Bajracharya and son Deon open up about their musical relationship - अस्ट्रेलियामा गायक दिपक बज्राचार्य र छोरा डिअनसँगको रमाइलो कुराकानी
17/04/2026 Duração: 07minListen to highlights of SBS Nepali’s conversation with singer Deepak Bajracharya and his 15-year-old son Deon Bajracharya, who joined him on an international stage for the first time, during last weekend’s Momo Festival in Melbourne. - मेलबर्नमा गत सप्ताहान्त सम्पन्न भएको म:म: महोत्सवका बेला गायक दिपक बज्राचार्य र उनलाई पहिलो पटक अन्तर्राष्ट्रिय प्रस्तुतिमा सघाउन आएका उनका १५ वर्षीय छोरा डिअन बज्राचार्यसँग एसबीएस नेपालीले गरेको कुराकानीको हाइलाइट्स सुन्नुहोस्।
-
शनिवार, १८ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
17/04/2026 Duração: 01minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Women’s legal services in Australia: Understanding your options - अस्ट्रेलिया बुझ्नुहोस्: महिलाका लागि अस्ट्रेलियामा रहेका कानूनी सेवाहरू
17/04/2026 Duração: 12minWorkplace discrimination, gender-based violence and financial inequality—these are just some of the reasons why women need dedicated legal services. You don’t have to navigate the legal system alone. In Australia, free legal services exist to advocate for vulnerable women in ways that are safe, confidential and culturally appropriate. - कार्यस्थलमा हुने भेदभाव, लैङ्गिक आधारमा हुने हिंसा र आर्थिक असमानताका कारण महिलाहरूलाई विशेष कानुनी सेवाहरू आवश्यक पर्ने हुन सक्छ। अस्ट्रेलियामा जोखिममा रहेका महिलाहरूका लागि सुरक्षित, गोप्य र सांस्कृतिक रूपमा उपयुक्त तरिकाले सहयोग र वकालत गर्ने निःशुल्क कानुनी सेवाहरू उपलब्ध छन्। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा हामी महिलाहरूका लागि उपलब्ध त्यस्ता कानूनी सेवाहरू बारे बुझ्नेछौँ।
-
Israel and Lebanon agree to a 10-day ceasefire | Morning News Bulletin 17 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: शुक्रवार, १७ एप्रिल २०२६
17/04/2026 Duração: 04minIsrael and Lebanon agree to a 10-day ceasefire and will hold further talks; Court rules laws restricting protests in New South Wales, unconstitutional; Queensland stands by plan to use crocodile habitat for rowing events at the 2032 Olympics. - ठुलो आगलागीले प्रभावित भएको जीलङस्थित रिफाइनरीमा पुगे प्रधानमन्त्री एन्थोनी आल्बनिजी लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Community Program Update: Mobile passport service and entrepreneur Conference - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: पर्थमा राहदानी घुम्ती सेवा र सिड्नीमा उद्यम सम्बन्धी सम्मेलन
16/04/2026 Duração: 03minLearn about Nepali community events across Australia, including Mobile passport service in Perth, an entrepreneur conference in Sydney, and a table tennis tournament in South Australia. - पर्थमा राहदानी घुम्ती सेवा, सिड्नीमा उद्यम सम्बन्धी सम्मेलन र साउथ अस्ट्रेलियामा टेबल टेनिस प्रतियोगिता लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
Ten Nepali dumplings in 18 seconds! - म:म: महोत्सव: एक प्लेट म:म: १८ सेकेन्डमा!
16/04/2026 Duração: 05minHow fast can you mow down ten momo? Melbourne's Henry Nguyen, who took part in the momo-eating competition at Melbourne's Momo Festival, did it in 18 seconds. He was one of the winners at the Himalayan Dumpling Festival that took place last weekend on April 11 and 12. Among the competitions held on both days, he won on Sunday. Listen to SBS Nepali’s conversation with Nguyen. - सबैभन्दा ‘फास्ट’ तपाईँले एक प्लेट म:म: कति टाइममा बुत्याउन सक्नुहुन्छ? मेलबर्नका हेन्री न्युएनले १० वटा म:म: १८ सेकेन्डमा खाएर भ्याएका छन्। अघिल्लो सप्ताहन्त एप्रिल ११ र १२ मा भएको म:म: महोत्सवको प्रतियोगिताका उनी एक विजेता हुन्। दुवै दिन भएको म:म: प्रतियोगिता मध्ये उनले आइतवार जितेका थिए। न्युएनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Radio Program: Deuba responds to claims about his property and Uber riders to pay fuel surcharge - रेडियो कार्यक्रम: सम्पत्तिबारेका दाबीमा देउवाको प्रतिक्रिया र उबर चढ्दा बढी पैसा तिर्नु पर्ने
16/04/2026 Duração: 47minListen to our radio program, first aired on SBS South Asian on Tuesday, 14 April 2026 at 2 PM, and repeat on Thursday 16 April on SBS Radio 2 from 4 PM featuring, We have covered major Australia-focused news from the past seven days, including the recognition of eight individuals for their bravery as the second anniversary of the Bondi Junction stabbing attack is marked, in Nepal news, former Prime Minister and former President of the Nepali Congress Sher Bahadur Deuba has responded to claims about his property. We also bring you the coverage of the Momo Festival Melbourne held on April 11 and 12. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday
-
Australian weather update for Friday, 17 April 2026 - शुक्रवार, १७ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
16/04/2026 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Nepalis celebrating Mother's Day share their gift ideas - आमाको मुख हेर्ने दिन: अस्ट्रेलियाका नेपालीको 'गिफ्ट आइडिया'
16/04/2026 Duração: 04minNepalis are marking Mother’s Day on 17 April, in accordance with the Nepali lunar calendar, nearly a month earlier than the date observed by many around the world. The occasion is dedicated to honouring mothers with gifts and special meals. Listen to Nepalis living in Australia as they share their thoughtful gift ideas for their mothers. - नेपालीहरूले आमालाई सम्मान गर्ने दिनको रूपमा मनाउने आमाको मुख हेर्ने दिन यस वर्ष शुक्रवार १७ एप्रिलमा परेको छ। यसै अवसरमा अस्ट्रेलियामा बस्ने केही नेपालीहरूले आफ्नो आमाको लागि के कस्ता उपहार दिने गरेका छन् त भन्ने बारे बताएका छन्।
-
'Leave the car at home and take public transport': Economist Krishna Hamal’s advice on ways to save fuel - 'गाडी घरमा छाड्ने पब्लिक ट्रान्सपोर्ट लिने': इन्धन बचाउने उपायबारे अर्थशास्त्री कृष्ण हमालको सुझाव
16/04/2026 Duração: 13minAustralia is being affected by the conflict in the Middle East, with rising fuel prices impacting the economy. Recent interest rate increases have added pressure on borrowers. Canberra-based economist Dr Krishna Hamal spoke to SBS Nepali about the state of the Australian economy, including the May budget, the possibility of a recession and ways to save money. - मध्यपूर्वमा देखिएको द्वन्द्वबाट अस्ट्रेलिया पनि अछुतो रहन सकेको छैन। इन्धनको मूल्य बढ्दा यसले सबै क्षेत्रलाई प्रभावित बनाइरहेको छ। रिजर्भ बैङ्कले पछिल्ला दुई बैठकहरू मार्फत ब्याजदर बढाउँदा ऋण लिएकाहरूलाई थप आर्थिक भार परिरहेको छ। अव के होला भन्ने आर्थिक अन्यौलताका बिच क्यानबेरा स्थित अर्थशास्त्री कृष्ण हमालसँग अस्ट्रेलियाको पछिल्लो आर्थिक विश्लेषण गरेका छन्। मे महिनामा सरकारले ल्याउन लागेको बजेट, आर्थिक मन्दी अनि पैसा बचतका उपायहरूका बारेमा क्यानबरामा रहेका अर्थशास्त्री हमालले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।