Sbs Nepali -

अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: “नेपाली क्रिकेटको लागि ठूलो अवसर”

Informações:

Sinopse

आफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने कार्यक्रम छ। यसैक्रममा अस्ट्रेलियामा एक औपचारिक प्रतियोगिता खेल्न पाउनु नेपाली क्रिकेटका लागि ठूलो अवसर रहेको नेपाली स्पोर्ट्स एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले एसबीएस नेपालीलाई बताएका छन्।