Sbs Nepali -
इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ७): सिड्नीको पहिलो नेपाल महोत्सव
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:10:59
- Mais informações
Informações:
Sinopse
सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो सातौँ भागमा चाहिँ उनले सिड्नीमा आयोजना भएको पहिलो नेपाल महोत्सवलाई सम्झेकी छिन्। करिब ५ हजार मानिसहरू उपस्थित भएको भनिएको उक्त कार्यक्रमका अनुभव बारे इन्द्रा बनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।